विस्फोटमा कमाण्डर र उनका परिवारको मृत्यु

काठमाण्डु टुडे २०७० चैत ५ गते ८:०४ मा प्रकाशित

पाकिस्तान, ५ चैत – उत्तर–पश्चिम पाकिस्तानमा एक आतङ्ककारी समूहका कमाण्डर र उनका परिवारका पाँच सदस्यको बुधबार भएको एक बम विस्फोटमा मृत्यु भएको छ ।

घरभित्र दुर्घटनाबस भएको बम विस्फोटमा परी एक बालकसहित कमाण्डरको परिवारका पाँचजना सदस्य र कमण्डर स्वयम्को मृत्यु भएको जनाइएको छ । उत्तरी वाजिरिस्तान आदिवासी क्षेत्रको तेहारिक ए– तालिवान पाकिस्तान र टिटिपीका स्थानीय कमाण्डर अलिम डिन मुसुदकै घरमा सो विस्फोटक पदार्थ रहेको थियो । 

सो विस्फोटक पदार्थलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा भएको दुर्घटनाबाट कमाण्डर आफैं र उनको परिवारका पाँचजनाको ज्यान गएको हो ।

मारिनेमा एक बालक र एकजना महिला परेका छन् । आक्रमण नभई दुर्घटनाबस ती व्यक्तिको मृत्यु भएको अधिकारीहरूले एएफपी समाचारलाई बताएका छन् ।

यस विस्फोटबाट अन्य दुई बालबालिका घाइते भएको पनि अधिकारीहरूले जनाए ।

स्थानीय गाउँ तालिव जानमा सो घटना भएको पुष्टी गरिएको छ । घरभित्र भएको सो विस्फोटमा अलिम डिन मुसुद र उनका परिवारका पाँच सदस्यको मृत्यु भएको अफगान सीमामा पर्ने गाउँका एकजना स्थानीय बासिन्दा गुल हकजानले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us