सरकार-विद्यार्थी वार्ता केहीबेरका लागि स्थगित

काठमाण्डु टुडे २०७० चैत ४ गते ७:४३ मा प्रकाशित

imageकाठमाण्डु, ४ चैत – मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरु र सरकारी टोलीबीचको वार्ता केही बेरका लागि स्थगित भएको छ ।

सरकारी टोली केही प्रतिशत मूल्य वृद्धि फिर्ता लिन सहमत भएपनि विद्यार्थीहरुले पूरै फिर्ता हुनुपर्ने अडान लिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

वार्तामा सहभागी अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीका अनुसार सरकारी टोलीले थप छलफल गर्ने बताएछि वार्ता दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा विद्यार्थी नेताहरुले मूल्य वृद्धि पूर्णरुपमा फिर्ता लिनु पर्ने अडान लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us