फिलिपिन्स सरकार र मुसलमान विद्रोहीबीच वार्ता हुने

काठमाण्डु टुडे २०७० चैत १ गते ५:२६ मा प्रकाशित

philipince काठमाण्डु, १ चैत – फिलिपिन्सको सरकार तथा मुसलमान विद्रोहीबीच आगामी मार्च २७ मा शान्ति सम्झौता हुने भएको छ ।

सम्झौताले एसिया महादेशमा हालसम्मको सबैभन्दा लामो तथा घातक विद्रोह अन्त्य गराउने विश्वास लिईएको छ ।

सरकार र मुसलमान बिद्रोहीबिच हुने सम्झौताका सर्तहरु भने जनवरी महिनामै तय भैसकेको छ ।

फिलिपिनी राष्ट्रपतिका प्रमुख सल्लाहकार तेरेसिता डेलेसले १७ वर्षसम्मको प्रयास पछि राजनीतिक सम्झौतामा पुगिएको र यस विषयमा मिन्डानाओमा शान्ति सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

दशकौँ लामो यस विद्रोहका कारण एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको सरकारले अनुमान गरेको छ ।

लिबरेसन फ्रन्ट मिल्फले आफ्ना १२ हजार छापामारलाई निःशस्त्र बनाउने बिषयमा सहमति जनाएको हो ।

फिलिपिनी राष्ट्रपतिका प्रमुख सल्लाहकार तेरेसिता डेलेसले १७ वर्षसम्मको प्रयास पछि राजनीतिक सम्झौतामा पुगिएको र यस विषयमा मिन्डानाओमा शान्ति सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

दशकौँ लामो यस विद्रोहका कारण एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको सरकारले अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us