चैतको तेस्रो साता मोबाइल एक्सपो हुने

काठमाण्डु टुडे २०७० फागुन २९ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, फागुन – मोबाइल तथा यसमा प्रयोग हुने नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले आगामी चैतको अन्तिम साता तेस्रो मोबाइल एक्सपो(मेला) हुने भएको छ ।

नेपाल मोबाइल व्यावसायी सङ्घको आयोजनामा काठमाण्डुमा हुने सो मेलामा मोबाइलको प्रदर्शनी, बिक्री तथा विभिन्न स्मार्टफोन कम्पनीले नयाँ मोडल बजारमा ल्याउने जनाइएको छ ।

अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिको उपस्थिति रहने सो मेलामा विभिन्न मोबाइलका नयाँ सफ्टवेयर र एप्लिकेसन भित्रयाइन लागेको सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us