
काठमाण्डु, २५ फागुन – नेपाल प्रिमियर लिग एनपिएलको स्वामित्व र आयोजनाको जिम्मेवारी नेपाल क्रिकेट संघले नै लिने भएको छ ।
राष्ट्रिय लिगको आयोजना गर्ने जिम्मा निजी दिने अध्यक्ष टंक आङबुहाङ्को निर्णयलाई बोर्डले अस्वीकार गरेको छ ।
निजी कम्पनीलाई दिने सहमति भएकोमा एसियाली क्रिकेट काउन्सिल एसिसीले समेत आपत्ति जनाएको थियो ।
शनिवार सम्पन्न बोर्ड बैठकमा सहभागी सदस्यले दवाव दिएपछि एनपिएलको स्वामित्व र आयोजनाको जिम्मा क्यानको हातमा परेको हो ।
क्यानका महासचिव अशोकनाथ प्याकूरेलले एनपिएलको आयोजना क्यानले गर्ने बताए ।
त्यस्तै बोर्डले एनपिएलको आयोजनाको स्वामित्व लिन र समस्या समाधान गर्न प्रथम उपाध्यक्ष तारिणीबिक्रम शाहको संयोजकत्वमा ६ सदस्यीय समिति पनि गठन गरेको छ ।
तर अध्यक्ष टंक आङबुहाङले निजी कम्पनिले आफूलाई झुक्काएर एनपिएलको आयोजना गर्न लागेको बताए ।
आङबुहाङ भन्छन ‘मलाई नेपालीमा सहमति पत्र देखाएर पछि अंग्रेजीमा हस्ताक्षर गराएछन् । ’