यस्तो छ नेपालमा बन्यजन्तुको अवस्था

काठमाण्डु टुडे २०७० फागुन २४ गते ९:०२ मा प्रकाशित

2171b05ad15d4de484d615590b85b9b1काठमाण्डु, फागुन – नेपाल प्राकृतिक विविधताका हिसाबले निकै नै धनी मुलुक हो । यहाँको प्रकृतिमा कैयन जीवजन्तुहरु पाइन्छन् ।

नेपालका महत्वपूर्ण बन्यजन्तुमा बाघ, गैंडा हात्ती, हिंउँ चितुवा, गोही, घडियाल, व्वाँसो, दुर्लभ चराहरु आदि पर्दछन् । संरक्षित बन्यजन्तु ब्वाँसो संकटापन्न जनावर भएपनि चोरी शिकार र अवैध व्यापारले गर्दा यो लोप हुने अवस्थामा छ । चितवन लगायत संखुवासभा, मुस्ताङ, मनाङ, डोल्पा, कास्की र हुम्ला जिल्लामा पाइने ब्वाँसो कुनै बेला प्रत्यक्ष कराएको सुनिने गरेकोमा अहिले हराउँदै गएको प्रष्टै छ ।

हिमाली मुलुक भएकाले नेपालमा हिमालमा आश्रित जनावरहरुको अवस्था अझै बढी चासोको विषय हो । नेपालमा ४ सयको हाराहारीमा हिउँ चितुवा भएको अनुमान छ, तर यकिन तथ्यांक छैन । लजालु जनावर हिउँ चितुवाको बासस्थान हिउँले ढाकिएको क्षेत्र हो । जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम बढेकोले हिउँ चितुवा जस्ता हिमाली जनावरको बासस्थान भत्किंदै गएको छ । हिउँ चितुवाका लागि आवश्यक हिउँ नै नहुनु र पर्याप्त आहार प्रजाति नहुनेले यो पनि संकटबाट गुज्रिंदै आएको प्राणी हो । जलवायु परिवर्तनको असरले मानिसलाई जसरी नै वन्यजन्तुको बासस्थान र जैविक विविधतामा असर पुगेको छ । विश्वमा नै चोरी–सिकार, बासस्थान विनाश, खान्कीको अभाव, मानिस र वन्यजन्तुबीचको द्वन्द्व, सिकार, अंगको अवैधानिक व्यापारका कारण वन्यजन्तु संरक्षणमा चुनौती छ।

विश्वमा आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा दुई प्रजातिका कालो सालक र तामेसालक पाइने गरेको छ । सालकले वर्षमा सात करोड किरा–फट्याङग्रा खाइदिने भएकाले बालीनालीमा किराको प्रकोप कम हुने र यसले कुनै किसिमको नोक्सानीसमेत गर्दैन । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले नेपालमा पाइने २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ । तर नेपालमा वन्यजन्तु संरक्षणका लागि केही निकायले गम्भीरतापूर्वक कदम चालेकामा लोपोन्मुख सालकको खपेटा तस्करीका कारण उच्च जोखिममा रहेको सालक संरक्षणका लागि अभियान चालिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा यो कार्यक्रम भएको हो, तर आफ्नै श्रोतमा संरक्षणका लागि कदम चाल्न नेपालको सन्दर्भमा एउटा जटिल चुनौती हो ।

Zebra

नेपालका वन्यजन्तुको अवस्था अत्यन्तै चिन्ताजनक हुँदै गएको अध्ययनले देखाएको छ । वनजंगल फडानीका कारण बासस्थानको विनाश, वन्यजन्तुको चोरी सिकारी आदि क्रियाकलापका कारण वन्यजन्तु दिनानुदिन संकटमा पर्दैछन् । नेपालमा रहेका संकटापन्न जीवजन्तुहरूमध्ये लगभग दुई तिहाई बासस्थान विनाशबाट सिर्जिएका हुन् ।

नेपालको सन्दर्भमा वन्यजन्तु एवं जैविक विविधताको अवस्था त्यति सन्तोषजनक देखिँदैन । पछिल्लो समयमा भएको जलवायु परिवर्तनका कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने भएकाले जीवजन्तुका लागि आवश्यक वातावरण प्रतिकूल बनिरहेको छ, जसका कारण विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै गएको छ । कोरलिएका चराहरूमा समेत अनौठो गुण देखिने अशक्त बन्ने, प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा ह्रास आउने र उत्पादनमा आएका समस्या पनि सिर्जित हुन थालेका छन् ।

भौगलिक बनावट, माटो र वातावरणीय विविधताका कारण नेपाल विश्व जैविक विविधतामा धनी मानिन्छ । नेपाल जैविक विविधतामा विश्वमै ३१ औं स्थानमा पर्छ । एक तथ्यांकअनुसार नेपालमा ८ सय ६५ प्रजातिका चरा, १ सय ८६ प्रजातिका माछा, ७ हजार प्रजातिका फूल फुल्ने बिरुवा, २ सय ४६ प्रजातिका महत्त्वपूर्ण जडिबुटी, ५ हजार प्रजातिका कीरा-फट्यांरा, ४ सय प्रजातिका बहुआयामिक बाली तथा ६० प्रजातिका जंगली खाद्य फलफूल पाइन्छ ।

Bhudiphor Garud (Leptoptilos Javanicus) playing on central zoo,Jawalakhel.

नेपालमा पाइने चराहरूमध्ये १९ प्रजातिका लाटोकोसेरा, संसारमै पाइने २३ प्रजातिका गिद्धमध्ये ८ प्रजातिका गिद्ध नेपालमा पाइन्छ । तीमध्ये करिब चार प्रजातिका गिद्ध अति नै संकटापन्न अवस्थामा छन् । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइन्छन् जसमध्ये करिब १ प्रजातिको सर्प मात्र रैथाने प्रजातिका रूपमा रहेको छ । यी मेरुदण्डीय प्राणीबाहेक अरू थुपै प्राणी विविधता नेपालमा पाइन्छ । यहाँ अहिलेसम्म लगभग ६ सय ५३ थरीका रङ्गीबिरङ्गी पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी मोथ प्रायः राती उड्ने पुतलीहरू, ५ हजारभन्दा बढी कीरा, २ सय प्रजातिका माकुरा छन् ।

तीमध्ये करिब ३२ प्रजातिका स्तनधारी जन्तु, ३४ प्रजातिका चरा, ९ प्रजातिका सरीसृपहरू र ३ प्रजातिका उभयचरहरू संकटापन्न अवस्थामा छन्। स्तनधारी जन्तुमध्ये रामगाई र पुड्के बँदेल नेपालबाट लोप भएको अनुमान गरिएको छ । गुलाबी टाउके हाँस, ठूलो सेतो बकुल्ला, होमराई धनेश प्रजातिका चरा नेपालबाट लोप भएका छन् भने थप १ सय २२ प्रजातिका चरा कहालीलाग्दो अवस्थामा छन् । जसमध्ये कैयन् वन्यजन्तु वा प्राणी रैथाने छन् ।

– सिआरआइ अनलाइनबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us