पाकिस्तानमा तीन सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २२ गते ३:५४ मा प्रकाशित

काठमाण्डु, २२ फागुन –पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाकामा बुधवार सडक किनारमा रहेको एक बम विस्फोटबाट तीन सैनिकको मृत्यु भएको छ ।
हिंसा प्रभावित यस देशमा तालिवानहरुले केही दिनअघिमात्र आतङ्ककारी क्रियाकलाप नगर्ने भनी युद्धविरामको सुरुवात भएको भनिएपछि पनि पुनः आक्रमण भएको बताइएको छ ।
कुर्रम जिल्लाको हङ्गु सहरमा सैनिक समूहलाई लक्ष्यगरी दुरनियन्त्रित यन्त्रबाट सो विस्फोटन गराइएको बताइएको छ ।
पेसावर सहरका एक सुरक्षा अधिकारका अनुसार उत्तरपश्चिम इलाका प्रमुख सहरमा भएको यस आक्रमणमा तीन सैनिकको मृत्यु हनुको साथै अन्य एघार जना घाइते भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us