मुलुकभर राप्रपा नेपालको धर्ना

काठमाण्डु टुडे २०७० फागुन २१ गते ३:१४ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, २१ फागुन –स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग राप्रपा नेपालले आज मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने भएको छ ।

६ महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग सहित काठमाडौं बाहेकका जिल्लामा विहान ११ बजेदेखि एक घण्टा र काठमाडौंमा दिउसो १ बजेपछि एकघण्टा धर्ना दिने कार्यक्रम तय भएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा अध्यक्ष कमल थापाको नेतृत्वमा धर्ना दिने कार्यक्रम तय भएको छ । धर्नापछि ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us