कोइरालाले बिमस्टेक बैठकमा सम्बोधन गर्दै

काठमाण्डु टुडे २०७० फागुन २० गते ५:१५ मा प्रकाशित

sushil_koiralaकाठमाण्डु, २० फागुन – प्रधानमन्त्री सुशील कोइरालाले म्यानमारमा आजबाट हुने बिमस्टेक सम्मेलनमा सम्बोधन गर्दैछन् ।

न्ये प्यी ताओ शहर स्थित ‘म्यानमार इन्टरनेशनल कन्भेन्सन सेन्टर’मा हुने उद्घाटन समारोहमा कोइरालाले पनि सम्बोधन गर्ने भएका हुन् ।

कोइरालासँगै अन्य सदस्य राष्ट्रका प्रमुखहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बंगलादेश, भुटान, भारत तथा म्यानमारका राष्ट्रप्रमुखहरुको सम्बोधन पछि कोइरालाले संबोधन गर्नेछन् । त्यस पश्चात थाइल्याण्ड र श्रीलंकाका राष्ट्रप्रमुखले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै म्यानमारका राष्ट्रपति थिन सेनले स्वागत मन्तव्य राख्ने छन् ।

सम्मेलनका क्रममा प्रस्तुत हुने एजेण्डाको अनुमोदनसँगै नेपालका प्रधानमन्त्रीलाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us