शक्ति सन्तुलनका आधारमा संविधान निर्माण : देउवा

काठमाण्डु टुडे २०७० फागुन १९ गते ९:०२ मा प्रकाशित

sher_Bahadur_Deubaनेपालगन्ज, १९ फागुन – नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा देउवाले संसद्भित्र र बाहिरका सबै दलको सहमतिको आधारमा नै संविधान निर्माण हुने बताएका हुन् ।

सहमति निर्माण नभए के गर्नु हुन्छ ? भनी सोधिएको प्रश्नको जवाफमा उनले निश्चित समयसम्म सहमतिको प्रयास हुने र नभए दुई तिहाइमा जानुको विकल्प नभएको बताए ।

आफ्नो दलले लोकतन्त्रको सिद्धान्त तथा मूल्य, मान्यतामा सम्झौता नगरी अरु मुद्दामा सहमतिका लागि हदैसम्म लचिलो हुने उनको भनाइ छ ।

अर्को एक प्रश्नको जवाफमा नेता देउवाले वर्तमान सरकारले नै संविधान निर्माणको काम सक्नुपर्ने धारणा राख्दै आफ्नो र प्रधानमन्त्रीबीच कुनै विमति प्रष्ट पारे ।

‘अब बन्ने संविधान बहुपहिचानसहित नागरिक अधिकारको दस्तावेज हुने र यसमा सबैको अपनत्व झल्कनेमा शङ्का गर्नु नहुने उनको कथन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us