डङ्कन आज नेपाल आउँदै

काठमाण्डु टुडे २०७० फागुन १९ गते २:२१ मा प्रकाशित

काठमाण्डु, १९ फागुन – बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री एलन डङकन आज नेपाल भ्रमणमा आउने भएका छन ।

तीन दिने भ्रमणको क्रममा मन्त्री डङकनले सरकारी अधिकारी, राजनीतिक दलका नेता, निजी क्षेत्रका प्रतिनिधि लगागतसँग भेट्नेछन । नेपाल बसाइका क्रममा उनले नेपालको गरिबी न्यूनिकरण र आर्थिक विकासमा बेलायत सरकारले गर्ने सहयोग र साझेदारीका विषयमा छलफल गर्ने छन ।

यस्तै, सन २०१५ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकी मनाउने विषयमा पनि उनले छलफल गर्ने नेपालस्थित बेलायती दूतावासले जनाएको छ । मन्त्री डङकनले बेलायतको गोर्खा सामाजिक सेवाअन्तर्गत कास्कीमा सञ्चालित ग्रामिण खानेपानी र सरसफाइका कार्यक्रमको अवलोकन पनि गर्नेछन । उनी यसभन्दा पहिले चार पटक नेपाल भ्रमणमा आइसकेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us