काठमाण्डु, १७ फागनु – महाशिवरात्रीका अवसरमा पशुपति आएका बाबाहरुलाई बिदाई गरिएको छ । उनीहरुको स्तर अनुसार ५ सय एकदेखि ५ हजार एक रुपैयाँसम्म पैसा दिएर बिदाई गरिएको हो ।
पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले संयुक्त रुपममा खर्च वितरण गरेर करिब २५ सय बाबालाई बिदाई गरेका हुन् । बिदा हुँदै गर्दा उनीहरु अशन्तुष्ट देखिएका थिए । अधिकांशले आफूहरुलाई थोरै पैसा दिइएको गुनासो गरे ।
शिवरात्रीमा नेपालसहित भारतका विभिन्न स्थानबाट साधुहरु पशुपति आएका थिए ।