रक्सी खाएर बुहारीलाई छुरा प्रहार

काठमाण्डु टुडे २०७० फागुन १७ गते ६:४५ मा प्रकाशित

chura-prahar2इलाम, १७ फागुन – इलामको चुलाचुली–२ का वीरबहादुर लावतीले शनिबार बिहान मादकपदार्थ सेवन गरी आफ्नै बुहारीलाई छुरा प्रहार गरेका छन् ।

घरमा अरू कोही पनि नभएको मौका छोपी वीरबहादुरले बुहारी दिलमाया लावतीको दाहिने पाखुरामा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

छुरा प्रहार गर्ने वीरबहादुर र घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय दिलप्रसाद लावतीलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ । गम्भीर घाइते दिलमायाको हाल झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us