सुदूरपश्चिमको जनजिवन प्रभावित

काठमाण्डु टुडे २०७० फागुन १७ गते २:२९ मा प्रकाशित

काठमाण्डु, १७ फागुन –सुदूरपश्चिमका केही जिल्लामा तीन दिनदेखि परेको पानीले जनजीवन प्रभावित बनेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायतका क्षेत्रमा बिहीबार रातिदेखि पानी परिरहेको छ । वर्षाका कारण चिसो अत्याधिक बढेकाले उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम फिल्ड कार्यालय दार्चुलाले जनाएको छ ।

वर्षाका कारण दैनिक काम काज र गाईभैंसी चराउन तथा घाँसपात खोज्न कठिन भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us