
काठमाण्डु, १७ फागुन –नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ ।
पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था, नवौं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।
शुक्रबारको बैठकमामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री चयनमा संस्थागत छलफल नभएको भन्दै असन्तोष पोखेका थिए ।
वरिष्ठ नेता नेपालले मन्त्रीको चयनमा सन्तुलन मिल्न नसकेको, गैरसभासद्लाई पठाइएको र संस्थागत निर्णय नभएको भन्दै अशन्तुष्टि जनाएका थिए ।