आज किसुनजीको श्राद्ध

काठमाण्डु टुडे २०७० फागुन १७ गते १:५८ मा प्रकाशित

kisunjiकाठमाण्डु, १७ फागुन – नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज श्राद्ध गरिंदैछ ।
भट्टराई आश्रम बाँडेगाउँमा उनको श्राद्ध गरिने तत्कालिन सहयोगी अमिता कपालीले जानकारी दिइन् ।

श्राद्धमा काँग्रेस नेताहरु, अनुयायी र समर्थकलाई बोलाइएको उनले बताइन् । भट्टराईको स्मृति दिवस भने फागुन २० गते हो ।

तिथिको फेरबदलका कारण आज श्राद्ध परेको हो । सन्त नेताका नामले चिनिने पूर्वप्रधानमन्त्री भट्टराईको २०६७ फागुन २० गते ८६ बर्षको उमेरमा निधन भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us