दक्षिणा बुझेर फर्किदै साधुसन्त

काठमाण्डु टुडे २०७० फागुन १७ गते १:१६ मा प्रकाशित

DSC_5190 copyकाठमाण्डु, १७ फागुन –शिवरात्रीको अवसरमा पशुपति आएका साधुसन्तलाई आज विदाई गरिदैछ ।

शनिवार बिहान साधुसन्तको विदाई हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिको दर्शनका लागि आएका साधुसन्तलाई हेरक वर्ष कोष र गुठी संस्थानले भेटी, दान दक्षिणा र उपहार दिएर विदाई गर्ने गरेका छन् ।

यस वर्षको शिवरात्रीमा ४ हजार ५ सय जना साधु सन्त पशुपति आएका कोषले जनाएको छ । कोषका अनुसार साधुसन्तको स्तर हेरेर दान दक्षिणा र उपहार दिईन्छ । साधुसन्तको स्तर हेरेर गुठी संस्थान र कोषले छुट्टाछुट्टै रुपमा दान दक्षिणा दिने गर्छन ।

कोषले साधु्सन्तको स्तर अनुसार २ सय १ देखि ५ हजार १ सय रुपैयाँ दक्षिणा दिने तयारी भएको जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us