मोहन वैद्य स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७० फागुन १६ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य दुई साता लामो युरोप भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् ।
mohanसचिव देव गुरुङका साथ पार्टीसम्बद्ध जनप्रगतिशील मोर्चाको कार्यक्रममा भाग लिन त्यसतर्फ गएका वैद्यले बेल्जियममा युरोपभरका कार्यकर्तालाई जम्मा गरेर कार्यक्रम गरेका  थिए ।

सचिव गुरुङले भ्रमणको क्रममा बेल्जियम, फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, नेदरल्याण्ड, लक्जेम्बर्गका विभिन्न स्थानमा नेपालीहरुसाग अन्तक्र्रिया गर्नुका साथै त्यहाँका ऐतिहासिक सम्पदा र स्थलहरुको समेत भ्रमण गरेको जानकारी दिए ।
त्यस्तै अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट मोर्चा ( रिम) र सो बाहिर रहेका कम्युनिस्ट भाइचारा पार्टीहरुसाग पनि बेल्जियममा अन्तक्र्रिया गरेको उनले बताए ।
अन्तर्कियामा अमेरिका, फिलिपिन्स, इटली, नर्वे, स्विडेन, बेल्जियम, जर्मनीलगायतका देशका कम्युनिस्ट पार्टीका प्रतिनिधि सहभागी भएको जानकारी गुरुङले दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us