शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक गर्न अख्तियारको निर्देशन

काठमाण्डु टुडे २०७० फागुन १६ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक सेवा आयोगको स्थायी शिक्षक पदपूर्तिसम्बन्धी परीक्षाको नतिजा छिटो प्रकाशित गर्न शिक्षक सेवा आयोगलाई निर्देशन दिएको छ ।
akhtiyarनतिजामा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले यसअघि परीक्षाफल रोक्न निर्देशन दिएको थियो । अख्तियारले शुक्रबार विज्ञप्ति जारी गर्दै परीक्षाको नतिजा सार्वजनिक गर्न भनेको हो ।

शिक्षक सेवाजस्तो अति संवेशनदशील विषयमा लामो समयसम्म परीक्षाफल रोक्न नहुने भएकाले तत्काल परीक्षाफल सार्वजनिक गर्न निर्देशन दिइएको विज्ञप्तिमा छ ।

‘शिक्षक नियुक्ति प्रक्रिया अत्यन्तै महत्वपूर्ण र संवेदनशील विषय हुँदा लामो समयसम्म यस प्रक्रियालाई रोकिराख्नु तर्कसंगत नहुने हुँदा प्रस्तुत परीक्षासम्बन्धी काम कारबाहीलाई सु–सञ्चालन गर्न शिक्षक सेवा आयोगलाई लेखी पठाउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएकोछ ।

विज्ञप्तिमा उत्तर पुस्तिका परीक्षणमा भएको भनिएको अनियमितता छानबिनका लागि पनि आयोगलाई नै आग्रह गरेको छ । उत्तरपुस्तिका जाँच्दा अनियमितता भएको भन्दै अख्तियारमै परेको उजुरीबारे फैसला हुन बाँकी नै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us