नेपाली प्रधानमन्त्री भन्छन्, ‘टनकपुर भारतकै हो’

काठमाण्डु टुडे २०७० फागुन १६ गते १३:२८ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले टनकपुर कहिले पनि नेपाली भूमि नरहेको बताएका छन् ।

शुक्रबार नेपालगञ्जमा डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै कोइरालाले टनकपुर भारतकै भूमि भएको बताए ।

‘टनकपुर भारतकै भूमि हो,’ उनले भने, ‘गिरिजाबाबुले बेचेको भनेर अनावश्यक प्रचार भयो ।’ उनले प्रश्न गरे, ‘भारतको भूमि कसरी गिरिजाबाबुले भारतलाई नै बेच्नुभयो ?’

टनकपुर नेपाली भूमि रहेको तर, गिरिजाप्रसाद कोइरालाले भारतलाई सुम्पिएको भन्दै आलोचना हुने गरेको छ ।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us