चौथो दिन पनि प्राध्यापकहरुको धर्ना

काठमाण्डु टुडे २०७० फागुन १६ गते १०:०७ मा प्रकाशित

TUकीर्तिपुर, १६ फागुन – विभिन्न मागसहित त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले त्रिवि केन्द्रीय कार्यालयमा सुरु गरेको धर्ना शुक्रबार चौथो दिन पनि जारी राखेको छ ।

त्रिवि प्राध्यापक सङ्घ र विश्वविद्यालय प्रशासनबीच विगतमा भएका सहमतिको कार्यान्वयनको मागसहित गत फागुन १२ देखि सुरु गरिएको धर्ना शुक्रबार पनि जारी राखिएको त्रिवि प्राध्यापक सङ्घका सभापति योगेन्द्रनारायण बडवरियाले जानकारी दिए ।

प्राध्यापकको मागका सम्बन्धमा विश्वविद्यालय प्रशासन गम्भीर नबनेका कारण आन्दोलनका कार्यक्रम निरन्तर जारी रहेको जानकारी गराउँदै उनले प्रथम चरणको धर्ना सकिएको र आगामी फागुन १९ गतेदेखि आन्दोलनका अन्य कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us