प्रचण्डलाई कतारपछि अन्य देशका मजदुरको निम्तो

काठमाण्डु टुडे २०७० फागुन १६ गते १४:३२ मा प्रकाशित

prachanda 2काठमाण्डु, १६ फागुन – मलेसिया र दुबईका नेपाली श्रमिकहरुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुको पारिश्रमिक वृद्धिका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

केही दिनअघि प्रचण्डले कतारका प्रधानमन्त्री अब्दुल्लाह विन नासिर विन अल थानी र श्रममन्त्री अव्दुल्लाहा सलेह अल खुलैफीलाई भेटेर नेपाली कामदारहरुको पारिश्रमिक वृद्धि गरिदिन आग्रह गरेपछि अन्य देशबाट पनि मजदुरहरुले प्रचण्डलाई यस्तो आग्रह गरेका हुन् ।

प्रचण्डको आग्रहमा कतारका प्रधानमन्त्री र श्रममन्त्रीले पारिश्रमिक वृद्धि गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसपश्चात हेडक्वार्टरमा सम्पर्क गरेर मलेसिया र दुबईस्थित नेपाली मजदुरहरुले आफूहरुको पारिश्रमिक वृद्धिका विषयमा सम्बन्धित देशका अधिकारीहरुसँग कुरा गरिदिन आग्रह गर्न थालेका प्रचण्डका सहयोगी चुडामणि खड्काले जानकारी दिए ।

‘मलेसिया, दुबई लगायतका देशबाट मजदुरहरुले अध्यक्षलाई भ्रमणको निम्तो दिएका छन्, खड्काले भने, ‘पारिश्रमिक वृद्धिका लागि पहल गरिदिन उनीहरुको आग्रह छ ।’

उचित समय मिलाएर अध्यक्षले ति देशहरुको भ्रमण गर्ने तयारी भइरहेको खड्काले जानकारी दिए ।

यसअघि प्रचण्डले माघ १९ देखि २२ गतेसम्म कतारको भ्रमण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us