
काठमाण्डु, १५ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टोयटा कार उपाहार पाउने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पूर्वप्रतिवद्धता बमोजिम पारसलाई कार दिने घोषणा गरेका हुन् ।
यसअघि नेपाली टिम ट्वान्टी–ट्वान्टी विश्वकप छनौट खेल्न जानुअघि वैद्यले उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई टोयटा कार दिने घोषणा गरेका थिए ।
विहीबार एक कार्यक्रमकाबीच वैद्य अर्गनाईजेशनका प्रमुख समेत रहेका उनले पारसलाई कार दिने घोषणा गरे ।
नेपाली टिमलाई विश्वकपसम्म पु¥याउन सफल भएका पारसको योगदान र उनको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै कार दिन लागिएको वैद्यको भनाई छ ।
नेपाली खेलाडीले कार उपहार पाउन लागेको नै पहिलो पटक हो ।