पशुपतिमा यस्तो देखियो शिवरात्री (फोटो फिचर)

काठमाण्डु टुडे २०७० फागुन १५ गते ७:२१ मा प्रकाशित
काठमाण्डु, १५ फागुन – आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरिरहेका छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । कोष र गुठी संस्थानले दक्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरा लगायतको व्यवस्था पनि गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी २ सय देखि पाच हजारसम्म दक्षिण दिएर बिदाई गर्ने व्यवस्था समेत गरिएको छ ।
भारतको आसामस्थित कामरूप कामाक्षाबाट ११० वर्षका मिलनबाबा पशुपतिमा आएका छन् । नेपालको जनकपुर, वीरगन्ज, हेटौ‌डा, नेपालगन्ज, चितवनलगायत तथा भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक आदि स्थानबाट साधुसन्त  आएका छन् । शिवरात्रीको दिन पशुपति क्षेत्रमा देखिएको चहलपहलको केही झलकहरु । तस्विर : दिनेस श्रेष्ठ, काठमाण्डु टुडे
DSC_5070 copyDSC_5063 copyDSC_5061 copyDSC_5048 copyDSC_5043 copyDSC_5167 copyDSC_5170 copyDSC_5172 copyDSC_5174 copyDSC_5190 copyDSC_5191 copyDSC_5197 copyDSC_5199 copyDSC_5208 copyDSC_5209 copy

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us