संविधानसभा बैठकको एक झलक (फोटो फिचर)

काठमाण्डु टुडे २०७० फागुन १४ गते ९:०४ मा प्रकाशित

काठमाण्डु, १४ फागुन – संविधानसभाको उपाध्यक्षमा एमाओवादी सभासद् ओनसरी घर्ती मगर निर्वाचित भएकी छिन् ।

संविधानसभामा बुधबार भएको निर्वाचनमा घर्तीले प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापालाई भारी मतले पछि पारीन् । ४ सय ८९ सभासद उपस्थित बैठकमा घर्तीको पक्षमा ४ सय ८४ र थापाको पक्षमा जम्मा ५ मत परेको थियो ।
थापालाई उनकै पार्टी नेमकिपा र नेपा राष्ट्रिय पार्टीलेमात्रै मत दिए । काँग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालसहित अन्य दलले घर्तीलाई मतदान गरे ।

यसअघि एमाओवादी सभासद कृष्णबहादुर महराले काँग्रेस सभासद आनन्द्रप्रसाद ढुंगानाको समर्थनमा संविधानसभाको उपाध्यक्षमा ओनसरी घर्तीको उम्मेदवारीको प्रस्ताव पेश गरेका थिए । बुधबारको संविधानसभा बैठकका केही दृष्यहरु :
तस्विर :  दिनेस श्रेष्ठ, काठमाण्डु टुडे

DSC_4997DSC_5009

DSC_5010DSC_5005DSC_5036DSC_5029DSC_5025DSC_5021 copyDSC_5018

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us