संविधानसभामा कान्छी सभासद्को टुटेफुटेको भाषण

काठमाण्डु टुडे २०७० फागुन १४ गते ७:५५ मा प्रकाशित

Dimpalकाठमाण्डु, १४ फागुन – फोरम गणतान्त्रिककी सरिताकुमारी यादव दोस्रो संविधानसभाकी सबैभन्दा कान्छी सभासद् हुन् । सिरहाको मनोहर गाविसमा जन्मिएकी सरिता २५ वर्षकी भईन् ।

पूर्वमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष राजकिशोर यादवकी श्रीमती भएकाले पनि उनको खुबै चर्चा हुने गरेको छ । कतिपयले त उनीलाई सुन्दरी सभासद पनि भन्छन् ।

यीनै कान्छी सभासद सरिताले बुधबार संविधानसभा बैठकमा बोल्नु पर्ने भयो ।

संविधानसभा उपाध्यक्षको निर्वाचन भइरहेकाले पार्टीकातर्फबाट कुन उम्मेद्वारलाई समर्थन गर्ने भन्ने विषयमा बोल्न सभाध्यक्ष नेम्वाङले अन्य सभासदलाई जस्तै उनलाई पनि ३ मिनेटको समय दिए ।

अन्यलाई ३ मिनेटमा भाषण सकाउन हम्मे–हम्मे परिरहेको सभामा उनलाई भने ३ मिनेट बिताउन पनि निकै सकस पर्यो ।

टिपोर्ट गरेको भाषण पनि उनले शुद्धसँग पढ्न नसक्दा संसदमा सबै मुस्कुराए । ‘सभामुख ….सभामुख …..संविधानसभाक अध्यक्ष महोदय’ भनेर भाषण सुरु गरेकी यादवलाई नेपाली भाषामा बोल्न निकै कठिन भएको प्रष्टै देखिन्थ्यो ।

यद्यपी उनले ३ मिनेटको समय पूरै सदुपयोग गर्न भने भूलिनन् । त्यो अवधिमा टुटेफुटेकै भाषामा नेपाली पुरुषप्रधान समाज, संविधानसभामा महिला प्रतिनिधित्व र मन्त्रिमण्डल समावेशी नभएको समेत भन्न भ्याईन् । उनले सरकारलाई ‘नहुने विरुवाको खस्रो पात भनिन् ।’

उनले भाषण गरिरहँदा उपप्रधानमन्त्रीहरु वामदेव गौतम, प्रकाशमान सिंहसहित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा उपेन्द्र यादवलगायत सभासदहरु मुस्कुराईरहेका थिए ।

तर उनले आफ्नै पारामा भाषण सकाउँदै भनिन् ‘आफ्नो कुरा यहीँ समाप्त गर्न चाहन्छु, धन्यवाद !’

पूर्वमन्त्री यादवले पार्टीले एक सिटमात्रै जित्दा पनि श्रीमतीलाई सभासद बनाएको भन्दै खुबै चर्चा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us