संविधान बन्नेमा आशंका छ : महरा

काठमाण्डु टुडे २०७० फागुन १४ गते ७:२६ मा प्रकाशित

krishna_bahadur_maharaकाठमाण्डु, १४ फागुन – एकीकृत माओवादीका नेता तथा सभासद कृष्णबहादुर महराले संविधान बन्नेमा आशंका व्यक्त गरेका छन् ।

संविधानसभाको बैठकमा बुधबार बोल्दै महराले संविधानका अन्तरवस्तु अनुसार समयमा संविधान बन्नेमा आशंका व्यक्त गरेका हुन् ।

विगतको भाव र मर्मलाई पकड्ने कुरामा शंका उत्पन्न भएको भन्दै महराले अन्तरबस्तुमा अल्मलिन नहुने बताए ।

संविधानसभाको उपाध्यक्षमा पार्टीका तर्फबाट ओनसरी घर्तीको उम्मेद्वारी प्रस्तुत गर्दै महराले सो पदका लागि ओनसरी घर्ति सक्षम भएको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us