यस्ता छन् एमालेका मन्त्रीहरु

काठमाण्डु टुडे २०७० फागुन १३ गते ७:०५ मा प्रकाशित

uml officeकाठमाण्डु, १३ फागुन – नेकपा एमालेले आफ्नो भागमा परेका १० मन्त्रालयमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ ।

पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमले नेतृत्व गर्ने निर्णय यसअघि नै भइसकेको अवस्थामा थप मन्त्रीहरुको नाम मंगलबार स्थायी समितिले टुंगो लागाएको हो ।

एमालेबाट वामदेव गौतम उपप्रधान तथा गृह, महेन्द्र पाण्डे परराष्ट्र, राधा ज्ञावाली उर्जा र हरि पराजुली कृषि मन्त्री बन्ने भएका छन् ।

यसैगरी दलबहादुर सुनार भूमिसुधार, पुरुषोत्तम पौडेल युवा तथा खेलकुद, लालबाबु पण्डित सामान्य प्रशासन, खगराज अधिकारी स्वास्थ्य, कर्ण थापा उद्योग र भीम आचार्यलाई पर्यटन मन्त्री बनाउने निर्णय एमाले स्थायी समितिले गरेको छ ।

मन्त्रीहरुको नामावली उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् । 

मन्त्री चयन गर्न ग्राण्डी अस्पतालमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेत केपीशर्मा ओलीबीच छलफल भएको थियो ।

अस्वस्थताका कारण ओली ग्राण्डी अस्पतालमा रहेकाले बैठक त्यहीँ बसेको हो । सोमबार ग्राण्डी अस्पताल जान नमानेका नेता नेपाल मंगलबारको छलफलमा भने उपस्थित भए । बैठक पार्टी मुख्यालयमा बस्नु पर्ने माग गर्दै नेपाल यसअघिको बैठमा अनुपस्थित रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us