युक्रेनमा राष्ट्रपति निलम्बन गरिएको प्रति रुसको आक्रोश

काठमाण्डु टुडे २०७० फागुन १३ गते ४:५४ मा प्रकाशित

युक्रेनमा भएको सत्ता परिवर्तन र राष्ट्रपति भिक्टर यानुकोबिचलाई निलम्बन गरिएको प्रति रुसले आक्रोश व्यक्त गरेको छ । रुसी प्रधानमन्त्रीले युक्रेनको सत्ता परिर्वतनको बिरोध गर्दै राजधानी किएभको अन्तरिम प्रशासनले जितेको नभई हारेको प्रतिक्रिया दिएका छन् ।

रुसको विदेशमन्त्रालयले अन्तरिम प्रशासनले युक्रेनमा रहेका रुसी भाषीहरुमाथि दमन गरिरहेको आरोप समेत लगाएको छ । यस अघि सोमबार युक्रेनको अन्तरिम सरकारले निलम्बीत राष्ट्रपति यानुकोबिचलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । यानुकोबिच रुसी भाषी बाहुल्य क्षेत्रमा लुकेको भन्दै प्रहरी परिचालन गरेको प्रति पनि रुसले आक्रोश व्यक्त गरेको छ । आईतबार युक्रेन संसदले राष्ट्रपति यानकोबिचलाई हटाउादै अन्तरिम सरकार घोषणा गरेको थियो । इजिप्ट इजिप्टको सेना समर्थित सरकारले राजिनामा दिएको छ ।

सेनाले निर्माण गरेको अन्तरिम सरकारका प्रधानमन्त्री हजेम बबलावीले त्यहााको राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका हुन् । तर बबलावीले राजिनामा दिनुको कारणबारे केहि बताएका छैनन् । त्यहााको सरकारी पत्रिका अल–अहरामले हाल गृहमन्त्री रहेका इब्राहिम मिहलिब प्रधानमन्त्री हुन सक्ने बताएको छ । गत बर्षको जुलाईमा सेनाले तत्कालिन राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरेपछि बबलावीले प्रधानमन्त्रीको पद सम्हालेका थिए ।

सेना प्रमुख अब्दल फतह अल–सीसीसंगको लामो बैठकपछि प्रधानमन्त्री बबलावीले राजिनामाको घोषणा गरेका हुन् । अधिकारीहरुका अनुसार सेना प्रमुख अल–सीसी राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us