युक्रेनका राष्ट्रपति बर्खास्त

काठमाण्डु टुडे २०७० फागुन ११ गते २:०२ मा प्रकाशित

ucrenकाठमाण्डु, ११ फागुन– युक्रेनको संसदले राष्ट्रपति भिक्टर यानुकोविचलाई बर्खास्त गरेको छ । युक्रेनको संसदले राष्ट्रपति यानुकोविचलाई महाअभियोग लगाई राष्ट्रपति पदबाट बर्खास्त गरेको हो । संसदले आगामी मे २५ तारिखका दिन राष्ट्रपति निर्वाचन मितिसमेत तोकेको छ । बर्खास्त हुनु केही समयअघि युानुकोविचले आफूलाई पद छोड्न कुनै समस्या नभएको बताएका थिए । युक्रेनको राजधानी कीएफ अहिले पनि विपक्षीहरुको नियन्त्रणमा छ । संसदले यानुकोविचलाई संवैधानिक भूमिका निर्वाह गर्न असक्षाम भएको बताएको छ । संसदले महाअभियोग लगाउने निर्णय पारित गरेपछि सासंदहरुले आफ्नो ठाउँबाट उठेर राष्ट्रिय गीत गाएका थिए । यस्तै संसदले विपक्षी दलका नेता युलिया टिमोशलाई रिहा गर्ने सहमति समेत दिएको छ । युक्रेनको संसदले अलेकजेन्डर तर्कीनोफलाई नयाँ सभापतिमा चुनेको छ । यसअघि युक्रेनमा जारी संकट समाधानका लागि लागि राष्ट्रपति भिक्टर यनुकोभिच र विपक्षीहरुबीच यसै वर्षमा निर्वाचन गर्न सहमत भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us