गृह नपाए पनि सरकारमा जानुपर्छ: नेपाल

काठमाण्डु टुडे २०७० फागुन ८ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गृह मन्त्रालय नपाए पनि एमाले सरकारमा जानुपर्ने बताएका छन् ।
Madhav-Kumar-nepalपार्टीले गृह मन्त्रालय नपाए सरकारमा नजाने बताइरहेका बेला आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–२ को जरसिंहपौवामा बिहीबार भएको एक कार्यक्रममा उनले गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाउन नहुने बताए ।
गृह मन्त्रालय नपाए पनि एमालेले काँग्रेससँगको सहार्य तोड्न नहुने उनको भनाइ थियो । ‘गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन’, नेपालले भने, ‘एउटा मन्त्रालयको विषयमा सरकारमा नजानु वा समर्थन फिर्ता लिनु ठीक होइन ।’
उनले गृह मन्त्रालय विवादमा अल्झिंदा तोकिएकै समयमा संविधान बन्न नसक्ने उनले उल्लेख गरे । नयाँ संविधान निर्माणमा कांग्रेस–एमालेबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us