विमान दुर्घटना हुनबाट बच्यो

काठमाण्डु टुडे २०७० फागुन ७ गते ९:१६ मा प्रकाशित

air-kasthamandap_20140219033931बाजुरा, ७ फागुन – नेपाल एयरलाईन्सको विमान दुर्घटना भएको केही दिन नबित्दै एयर काष्ठमण्डपको विमान दुर्घटना हुनबाट जोगिएको छ ।

बुधबार दिउँसो बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको पछाडीको दायाँ पाँग्रा पन्चर भएपनि दुर्घटना भने हुन पाएन ।

नाइन एन–एजीबी जहाजको पाँग्रा धावनमार्गमै पञ्चर भएपनि चालकको सावधानीले दुर्घटना हुनबाट बाँचेको हो । विमानमा चालक दलका दुई सदस्य सहित ११ जना सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us