आगलागीमा परेर बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन ४ गते ५:०० मा प्रकाशित

मुगु, ४ फागुन– मुगु सदरमुकाम गमगढीस्थित श्रीनगर–१ मा रहेको पशुपति शाहीको घरमा आगलागी हुँदा एक स्कुले बालिकाको जलेर मृत्यु भएको छ ।
शाहीको घरमा डेरामा बस्दै आएकी धैनकोट–५ की ११ वर्षीया जानकी उपाध्यायको जलेर मृत्यु भएको हो ।

खाना खाएर घरका सबैजना सुतेका बेला राति आगलागी भएको हो । घरमा रहेका अरु भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

राति करिब १० बजेतिर भएको आगलागीका कारण चार तले घर तथा घरमा रहेका लत्ताकपडा अन्नपात र केही नगदसमेत जलेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक पुष्कर केसीले जानकारी दिए ।

सेना, प्रहरी र स्थानीयको प्रयासमा करिब चार घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us