हिमपातले पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर

काठमाण्डु टुडे २०७० फागुन ४ गते ४:३८ मा प्रकाशित

मोरङ, ४ फागुन– केही दिनयता जारी लगातारको वर्षातका कारण पूर्वाञ्चलका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ  ।
BBR_sholukhmbu-hiuपूर्वका स‌खुवासभा, ताप्लेजङ, पाँचथर तथा इलामको उत्तरी क्षेत्रमा बाक्लो हिउँ परेको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ  ।  हिमपातका कारण ती जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ  । हिमपातसँगै अत्याधिक चिसो बढेपछि मानिसहरु घरबाहिर निस्कन सकेका छैनन्  ।

स‌खुवासभाको नुनढाकी गुफाखरी क्षेत्रमा चार फिट बाक्लो हिउँ परेको   स्थानीयले बताएका छन्  । यस्तै स‌खुवासभाको गिद्धे, जलजले, मिल्के तथा ताप्लेजुङको ओलाङचुङगोला, लेलेपको घुन्सा, फले, तोक्पेगोला, याम्फुदिन, मामाङखे, कालीखोला, फाकुम्बालगायत उत्तरी हिमाली क्षेत्रमा बाक्लो हिउँ  परेको छ  ।

चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा सबैभन्दा बढी मारमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us