एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन ३ गते २:५० मा प्रकाशित

सुनसरी, ३ फागुन – सुनसरीमा एम्बुलेन्सको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।

हाँसपोसा सडक खण्डमा एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा दिँदा मोटरसाईकल चालक बराहक्षेत्र ४ का ३२ वर्षिय राजु राई र ३० वर्षिय रशेम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानतर्फ जाँदै गरेको ज १ च ७७७ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको को १२ प ४१११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

राजुको घटनास्थलमै र रमेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीेको नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us