आज देशभरका अदालत बन्द

काठमाण्डु टुडे २०७० फागुन २ गते ४:३४ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, २ फागुन – शुक्रबार देशभरका अदालत बन्द भएका छन् । पूर्वप्रधानन्यायाधीश त्रिलोकप्रताप राणाको निधनको शोकमा अदालत बन्द भएका हुन् ।

सर्वोच्च अदालतको विहीबार बसेको पूर्ण बैठकले राणाको निधमा दुःख व्यक्त गर्दै शुक्रबार देशभरका अदालत र न्यायधीकरणमा बिदा दिने निर्णय गरेको थियो ।

२०५३ फागुन ३ देखि २०५४ भदौ ३१ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका राणाको ८१ वर्षको उमेरमा विहीबार मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us