बैंकबाटै साढे तीन लाख लुटियो

काठमाण्डु टुडे २०७० माघ २९ गते १३:५० मा प्रकाशित

नवलपरासी, २९ माघ– नवलपरासीको कावासोतीमा रहेको गौरीशङ्कर डेभलपमेन्ट बैंकबाट तीन लाख ५० हजार चोरी भएको छ ।

काउन्टरमा ब्याज बुझाउन बसेका भारतीपुरका खुमबहादुर थापाको ब्यागसहित सो रकम चोरी भएको हो । राम शाह निमावि भारतीपुरका प्रधानाध्यापक थापाले शिक्षकहरूलाई तलब दिनका लागि  बैंकबाट  रकम झिकेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक कावासोतीबाट पैसा निकालेर सँगै रहेको गौरीशङ्कर डेभलपमेन्ट बैंकमा ब्याज बुझाउन छिरेका हुन् ।

उनलाई बैंकका गार्डले झोला भुँइमा राखेर मात्र लाइनमा बस्न लगाउँदा झोला चोरी भएको उनले बताए ।

बैंकमा सिसिटिभीले काम नगरेकाले त्यो झोला कसले लग्यो पत्तै नभएको बैंकले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us