काँग्रेसले आज एमाले फकाउँदै

काठमाण्डु टुडे २०७० माघ २९ गते ३:४६ मा प्रकाशित

काठमाण्डु, २९ फागुन– प्रधानमन्त्रीको सपथ ग्रहण नहुँदै सत्ता गढबन्धन संकटमा परेपछि नेपाली काँग्रेसले सहमति प्रयासमा आज प्रमुख सत्ता sushil-jnसाझेदार नेकपा एमालेसँग छलफल गर्दैछ ।
छलफलको समय र स्थान भने तय हुन बाँकी रहेको काँग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । स्रोतका अनुसार काँग्रेस सभापतिसमेत रहेका नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले आफू सहमतिका लागि वार्ता गर्न तयार रहेको सन्देश एमाले अध्यक्ष झलनाथ खनालसमक्ष पुर्‍याएका छन् ।
पूर्वसहमतिअनुसार गृह मन्त्रालय नदिइएको भन्दै एमालेले हिजो सरकारमा नजाने निर्णय गरेको थियो । स्थायी समिति बैठकले काँग्रेसबाट धोका भएको निष्कर्ष निकालेसँगै एमाले नेताहरुले प्रधानमन्त्रीको सपथग्रण समारोहमेत बहिस्कार गरेका थिए ।
‘सहमतिकै आधारमा अगाडि जाने हो’, सहमति नगरी पेलेरै जाने भए हिजै मन्त्रिमण्डाल विस्तार हुन्थ्यो र मन्त्रिहरुको पोट्फोलियो तोकिन्थ्यो’, प्रधानमन्त्री कोइरालाले एमाले नेताहरुलाई भनेका छन् ।’ काँग्रेसका केही नेताले भने सरकार गठनअघि एमालेले उप्रधानसहित गृह मन्त्रालयमा दाबी गरे पनि सहमति भने नभएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us