प्रधानमन्त्री कोइरालाबाट पद बहाली, महत मन्त्री नियुक्त

काठमाण्डु टुडे २०७० माघ २८ गते १३:३५ मा प्रकाशित

koirala-oathकाठमाण्डु, २८ माघ – प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवबाट पद तथा गोपनियताको सपथ ग्रण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा म‌गलबार भएको विशेष समारोहमा प्रधानमन्त्री कोइरालाले सपथ ग्रहण गरेका हुन् ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थितीत थियो ।

कोइरालाले मंगलबार नै सि‌हदरबारिस्थत मन्त्रिपरिषद् कार्यालय पुगी पदभार ग्रहण गरेका छन् ।

यसैबीच प्रधानमन्त्री कोइरालाले मंगलबार नै सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । उनले कांग्रेस नेता रामशरण महतलाई मन्त्री नियुक्त गरेका छन् ।

कोइरालाले महतलाई पछि अर्थमन्त्री बनाउने गरी विनाविभागीय मन्त्री बनाएका हुन् । कोइरालाले मन्त्री महतलाई पनि मंगलबार नै सपथ ग्रहण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us