दुर्घटनामा एक बालकको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २७ गते १२:४७ मा प्रकाशित

धनगढी, २७ माघ । कैलालीको श्रीपुर गाविस–६ स्याउलेमा आज से १ त ३१९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ढुङ्गा लिन नदीतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनाबाट त्यसमा सवार बेलादेवीपुर गाविस–३ का १२ वर्षीय चन्द्र रानाको मृत्यु भएको हो ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । गुडिरहेको अवस्थामा अगाडिको पाङ्ग्राको बेरिङ अचानक भाँचिएपछि उक्त ट्रयाक्टर सडकमै पल्टिएर दुर्घटना भएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us