तालिवानका वरिष्ठ कमाण्डर पक्राउ

काठमाण्डु टुडे २०७० माघ २७ गते १२:०४ मा प्रकाशित

अफगानिस्तान, २७ माघ– अफगानिस्तानको तालिवान विद्रोही समूहका एकजना वरिष्ठ कमाण्डर पक्राउ परेका छन् ।

क्वारी सामी नामका ती कमाण्डर तालिवान विद्रोहका लागि एक प्रमुख व्यक्ति रुपमा मानिन्छन् । उनी ती विद्रोहीका सल्लाहकार पनि हुन् ।

उनलाई अफगानिस्तानको उत्तरी सारिपाल प्रान्तमा सोमबार बिहानै पक्राउ गरिएको हो । उनलाई प्रक्राउ गरिएको समाचारको अफगानिस्तानको प्रान्तीय प्रहरीले पनि पुष्टि गरेको छ ।

उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुख नुर हबिब गुल्बहारीले ती तालिवान कमाण्डर सारिपालको एक स्थानबाट सोमबार बिहान पक्राउ गरिएको जानकारी दिनुभयो ।

अफगानिस्तानमा त्यहाँका तालिवानसँग सरकारले वार्ता गर्ने भनिरहेको छ । तर त्यहाँ राष्ट्रपतिको निर्वाचन आएकोले सो प्रक्रिाय अगाडि बढ्न सकिरहेको छैन ।

वार्ताका कुरा भइरहेको बेलामा ती कमाण्डर पक्राउ परेका छन् । यस विषयमा तालिवानहरुले भने केही प्रतिक्रिया दिएका छैनन् ।

क्वारी उक्त प्रान्तमा तालिवानद्वारा सञ्चालित सशस्त्र विद्रोहका प्रुमुख व्यक्ति हुन् । उनले तालिवानको उक्त क्षेत्रको हतियार विभागको प्रमुखका रुपमा काम गरेको बताइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us