
काठमाण्ड, २७ माघ– नेपाली काँग्रेसका सभापति सशुील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
व्यवस्थापिका–संसदमा प्रधानमन्त्री चयनका लागि सोमबार भएको निर्वाचनमा कोइराला व्यवस्थापिका संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत ल्याई विजयी भएका हुन् ।
उनले ४ सय ५ मत ल्याए । कोइरालाको विपक्षमा १ सय ४८ मत परेको छ ।
प्रधानमन्त्री उम्मेदवारका रुपमा कोइराला एक्लै थिए ।
संविधानसभाको दोस्रो ठूलो दल एमालेको समर्थन रहेका कारण उनी सहज रुपमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।