अहिले सरकार भन्दा संविधान प्राथमिक : एमाओवादी

काठमाण्डु टुडे २०७० माघ २६ गते १३:२० मा प्रकाशित

maoist-flagकाठमाण्डु, २६ माघ – एकीकृत माओवादीको पूर्वपदाधिकारीको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

आइतबार बेलुकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

यस्तै एमाओवादीले सरकार भन्दा पनि संविधान प्राथमिक भएकाले संविधान निर्माणमा केन्द्रित हुने पनि निर्णय गरेको छ ।

यसैबीच एकीकृत माओवादीलगायत विभिन्न १८ दलको बैठक सोमबार बस्ने भएको छ । बैठक एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने एमाओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us