आगलागीबाट ५० लाखको क्षति

काठमाण्डु टुडे २०७० माघ २६ गते १३:०१ मा प्रकाशित

विराटनगर, २६ माघ । मोरङको पथरीमा एक घरमा आगलागी हुँदा  ५० लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरी–१ स्थित शोभा शर्माको एकतले टिनको छाना भएको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सो घरमा रहेको किराना पसल, सुनचाँदी, नगद, अन्नपात गरी ५० लाखभन्दा बढीको क्षति भएको हो ।

आगो स्थानीय बासिन्दा, वारुणयन्त्र र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।  आगलागीबाट गम्भीर घाइते भएकी १२ वर्षीया कान्छी साहको पथरीस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us