अस्पतालमा झाडापखालाका बिरामी बढे

काठमाण्डु टुडे २०७० माघ २५ गते १३:३४ मा प्रकाशित

दार्चुला, २५ माघ– मौसम परिवर्तनसागै जिल्ला अस्पताल दार्चुलामा झाडापखालाका बिरामीको सङ्ख्यामा बढेको छ । अहिले दैनिक जस्तो एक दर्जनभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पातालका प्रमुख डा. रामेश्वर देवकोटाले गर्मीयामको सुरुवातसागै झाडापखालाको प्रकोप बढ्ने भएकाले पानी फिल्टर गरेर तथा उमालेर पिउन तथा खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
यस्तै दार्चुलामा हात्तीपाइले रोगविरुद्धको औषधि आगामी फागुन १०, ११ र १२ गते खुवाइने भएको छ । गएको वर्ष तीन जनामा हात्तीपाइलेको जीवाणु देखिएको भएपनि त्यो नियन्त्रणमा आइसकेको र अहिले हात्तीपाइलेका रोगीहरु नभेटिएको अस्पतालले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us