भारतीय सेनालाई लखेटे ठोरीबासिले

काठमाण्डु टुडे २०७० माघ २३ गते ११:५६ मा प्रकाशित

वीरगञ्ज, २३ माघ – पर्साको ठोरीका स्थानीय बासिन्दाले हतियारसहित आएका भारतीय सिमा सुरक्षा बलका जवानलाई लखेटेका छन् ।

बिहीबार दिउँसो १२ बजेतिर हतियारसहित १५ जनाको संख्यामा आएका एसएसबीका जवानहरुले ठोरी गाविस ७ भन्सार क्षेत्रस्थित बिसौनीमा राखिएका बसहरु हटाउन खोजेपछि नेपालीहरुले उनीहरुलाई लखेटेका हुन् ।

नेपाल-भारत सीमाको दशगजा क्षेत्र भन्दा वर नेपाली भूमीमा रहेको बस बिसौनी स्थल एसएसबीका जवानहरुले भारतीय भूमी भएको भन्दै बसहरु हटाउन भनेपछि ठोरीवासी प्रतिकारमा उत्रिएका थिए । विवादका कारण करिव एक घण्टा सीमा क्षेत्र तनावग्रस्त बनेको थियो ।

शनिबारदेखि ठोरी नाकामा तनाव सृजना भएपछि गत सोमबार वीरगञ्जबाट गएको प्रमुख जिल्ला अधिकारी र नापी विभाग काठमाडौंका उपनिर्देशकसहितको टोलीले ठोरीका स्थानीयवासीसँग अन्तरक्रिया गर्नुका साथै विवादित सीमा स्थलको निरिक्षण गरेको थियो ।

निरीक्षणका क्रममा टोलीले विवाद देखिएको भन्दै माइती नेपालको बिट निर्माण रोक्न आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us