उत्तर दक्षिण कोरियाको एकीकरण !

काठमाण्डु टुडे २०७० माघ २३ गते ९:२४ मा प्रकाशित

सोल, २३ माघ– दक्षिण कोरियाले उत्तर कोरियासँग गैरराजनीतिक द्विपक्षीय सहयोगको गतिविधि बढाउने योजना गरेको छ ।

भविष्यमा दुवै कोरियाको एकीकरण गर्ने तर्फ बलियो कदम उठाउने सिलसिलामा सो सहयोग आदानप्रदान कार्यक्रमको योजना गरिएको दक्षिण कोरियाली सम्बन्ध विकास तथा एकीकरण मन्त्रालयका प्रमुखले बताएका छन् ।

एकीकरण मन्त्रालयले राष्ट्रपति पार्क गेउन हाईसमक्ष आफ्नो वार्षिक नीति कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेको छ । सो प्रतिवेदनको पहिलो चरणमा विगतका ६० वर्षदेखि आफ्ना परिवार, आफन्त र स्वजनसँग छुट्टिन परेका नागरिकहरूलाई पुनर्मिलन कार्यक्रम आयोजित गरेको उल्लेख छ ।

 सन् १९५० देखि १९५३ सम्म दुई कोरियालीबीच भएको भिषण युद्ध पश्चात् विभाजन भएको थियो । त्यसैपछि झै–झगडा शितयुद्ध सीमाक्षेत्रमा गोली हानाहान जस्ता हिंसाजन्य कार्य भएको थियो । तर शान्ति सम्झौता गर्ने तर्फ पहल नभएको प्रतिवेदनमा जनाइएको छ ।

उत्तर कोरियाको कृषि विकासको लागि उन्नत् बीउ, आधुनिक बिजन प्रणाली र आधुनिक कृषि औजार तथा आवश्यक कार्यक्रमका लागि विविध सामग्री प्रदान गर्ने पनि सो प्रतिवेदनमा जनाइएको छ ।

 यसरी दुई कोरिया एकीकरण गर्ने तर्फ पहिलो चरण गैरराजनीतिक सामग्री तथा सेवा सहयोग गरिने जनाइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us