गुठी प्रमुखलाई कालोमोसो

काठमाण्डु टुडे २०७० माघ २३ गते ९:०५ मा प्रकाशित

 जनकपुरधाम, २३ माघ– गौ संरक्षण अभियान तथा नागरिक समाजका व्यक्तिहरुले जनकपुरस्थित गुठी संस्थानका प्रमुख दीपक पाण्डेलाई कालोमोसो दली कुटपिट गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन गइरहेका समाज सम्बद्ध व्यक्तिहरुले गुठी संस्थानमा गई त्यहाँ रहेको कार्यालयको बोर्ड हटाएर आफ्नो ब्यानर झुन्डाएको र पाण्डेलाई कालोमोसो दली कुटपिट गरेका हुन् ।

तत्कालै सुरक्षाकर्मीले पाण्डेलाई सुरक्षा दिँदै प्रहरी भ्यानमा राखी जिल्ला प्रशासन कार्यालय धुनषा लगेको थियो ।

केन्द्रीय गुठी संस्थान सञ्चालक समितिले माघ १७ गते जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई महन्थ पदबाट हटाई सो ठाउँमा जनकपुर–६ बस्ने जगदीश दासलाई नियुक्त गरेपछि विवाद चुलिएको हो ।

ज्ञापनपत्रमा मठमन्दिरको मूर्ति बेच्ने गुठी संस्थान, महन्थ बैकुण्ठ दास र सञ्चालक समितिका अध्यक्ष पञ्चलाल महर्जनलाई कारबाही गर्न माग गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us