आगलागीमा १ करोडको क्षति

काठमाण्डु टुडे २०७० माघ २२ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, २२ माघ– काठमाण्डुको भिमसेनगोलास्थित एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ ।

काठमाण्डु वडा नं ३४ को वडा कार्यालयसँगै रहेको डिल्ली रिजालको एलेस फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

काम गर्ने क्रममा विहान आठ बजेतिर गार्मेन्टमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । आगलागीमा तयारी पोशाक जलेर नष्ट हुनाका साथै मेसिनमा समेत क्षति पुगेको छ ।

स्थानीयवासी र प्रहरीको प्रयासमा एक घण्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो । उक्त गार्मेन्टमा उत्पादन हुने कपडा अमेरिकालगायतका देशमा निकासी हुने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us