वाणिज्य विभागले बजार अनुगमन गर्ने

काठमाण्डु टुडे २०७० माघ २२ गते ३:३१ मा प्रकाशित

काठमाण्डु, २२ माघ– वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आजबाट बजार अनुगमन तीव्र पार्ने भएको छ ।
उपभोक्ताले निरन्तरको बजार अनुगमनबाट पनि कालोबजारी तथा अनियमितता रोक्न सरकार असफल भएको गुनासो गरेपछि विभागले आक्रामक रणनीतिसहित बजार अनुगमन तीव्र पार्ने भएको हो ।

विभागका बजार निर्देशक हरिनारायण बेलवासेले अनियमितता र कालोबजारी  गर्ने व्यापारिक प्रतिष्ठानमाथि उपभोक्ता अधिकार ऐन– २०५४ प्रयोग गरी कडा कारबाही गर्ने चेतावनी दिए ।

उनले यसअघि दिएको निर्देशन पालना नगर्ने व्यवसायीलाई व्यवसाय नै बन्द गर्ने सम्मको कारबाही हुने बताए । विभागले चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने गरेकाले कालोबजारी मौलाएको गुनासो उपभोक्ताको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us